२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

दुई महिनामै एमालेसहितकाे गठबन्धन टुटाएका प्रचण्डले भने: आजदेखि नयाँ यात्रा सुरु भयो

१२ भदाै, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्। शुक्रबार बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले साे कुरा बताएका हुन्।

आठ दलको सहमतिपछि प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाले बैठकपछि भने, ‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो, अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौँ।’

प्रचण्डकाे यो घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ। राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए।

बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएनन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार २०:३३