२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेले राष्ट्रपतिको उम्मेदवार बैठकबाटै छान्ने, भोलिका लागि बोलायो सचिवालय बैठक

१२ फागुन, काठमाडौँ । नेकपा एमालेले बैठकबाटै राष्ट्रपतिको उम्मेदवार छान्ने भएको छ । प्रायजसो निर्णय अध्यक्ष केपी शर्मा ओलीले निकटकाहरूसँग सल्लाह गरेर लिने गरेको भए पनि राष्ट्रपतिको उम्मेदवारबारेको निर्णय सचिवालय बैठकबाटै हुने भएको छ ।

एमाले स्रोतका अनुसार शनिबार बिहान बैठक बोलाइएको छ । नेकपा एमालेको सचिवालयमा अध्यक्षदेखि सचिवसम्म गरी १९ जना सदस्य रहेका छन । शनिबार बिहान ९ बजे अध्यक्ष ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने गरी खबर गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १२:१५