१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

भर्खरै आईपीओ निष्काशन गरेको सुपरमाई हाइड्रोको नाफा घट्याे, अन्य अवस्था कस्तो ?

१२ फागुन, काठमाडाैं । भर्खरै आईपीओ निष्काशन गरेको सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ५ करोड १ लाख ८४ हजार रुपैयाँ नाफा कमाएकाे छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.१२ प्रतिशतले कम हो ।  गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ७ करोड ५० लाख ४१ हजार रुपैयाँ नाफा कमाएकाे थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ९३ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको बिद्युत बिक्रि गरेको थियो । चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्वीटि ५ करोड ३० लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ११३.२५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : February 24, 2023 at 10:51 am