नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
११ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीकाे सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
१) सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड
नेप्सेले सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडको १८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७११.८६ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८४० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
२) प्रभु इन्स्योरेन्स
नेप्सेले प्रभु इन्स्योरेन्स लिमिटेडको ६.७० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५२०.९९ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५५५.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
३) सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेड
नेप्सेले सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६७४.७७ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ७४९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १७:११












