२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

जनयुद्ध दिवस मनाएको १० दिनपछि एमालेले पनि थाहा पायो, हिंसालाई प्रश्रय दिएको भन्दै ओलीको आपत्ति

११ फागुन, काठमाडौँ । सरकारले जनयुद्ध दिवस मनाएको नेकपा एमालेले पनि चाल पाएको छ । सरकारले राष्ट्रिय विदा दिएर जनयुद्ध दिवस मनाएको १० दिनपछि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मदिनको शुभकामना दिन आएकाहरूको समूहलाई सम्बोधन गर्दै आपत्ति जनाएका छन । अध्यक्ष ओलीले सरकारले हिंसालाई प्रश्रय दिएको भन्दै आपत्ति जनाए ।

उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय सही नभएको टिप्पणी गरे । ओलीले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताए । उनले भने, ‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी अझै पनि छ जस्तो देखिन्छ केही मान्छेका क्रियाकलाप र व्यवहारमा ।’ ओलीले नेपाल हिंसाको पक्षमा हुन नसक्ने र परस्परमा लड्ने–लडाउने कुरा स्वीकार्न नसकिने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १४:५८