नेप्सेमा निफ्राको २२ लाख ८९ हजार कित्ता ऋणपत्र सूचिकृत
११ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्राएक्स्ट्रक्चर बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंककाे १००० रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताहरुले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।
प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १३:१३












