१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

११ फागुन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९१ अंकले घटेर २०७८.४७ विन्दुमा पुगेकाे छ ।

बिहीबार प्रि ओपन सेसनमा ३० स्टकको १३ लाख ९३ हजार ५५३ रुपैयाँ ६० पैसा बराबरको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : February 23, 2023 at 11:29 am