६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

११ फागुन, काठमाडाैं । साताकाे पाचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा काराेबार भएकाे छ ।

बुधबार सुनको मूल्य स्थिर रहदैँ छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १०:५८