१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

कृषि विकास बैंकको सञ्चालकमा पुडासैनी नियुक्त, सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गर्ने


१० फागुन, काठमाडौँ । कृषि विकास बैंकको सञ्चालकमा नेपाल सरकारमा पूर्व राजश्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन । बुधबार अर्थ मन्त्रालयले पुडासैनीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । सञ्चालक सदस्यमा नियुक्त भएका पुडासैनीले आजै कृषि विकास बैंकमा पदभार ग्रहण गर्दैछन ।

पुडासैनी सञ्चालक समितिको बैठकबाट बैंकको अध्यक्षमा चयन हुनेछन । बैंकको सदस्यमा अर्थमन्त्रालय नियुक्त गरे पनि सञ्चालक समितिको अध्यक्ष भने सदस्हरूको बैठकले गर्नेछ । केही दिन अघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरूङको नियुक्ति लगत्तै सञ्चालक समितिका अध्यक्ष रमेश दुवाडीले योग्यतामा प्रश्न उठेपछि राजिनामा दिएका थिए ।

दुवाडीको राजिनामापछि रिक्त रहेको सदस्यमा मन्त्रालयले पुडासैनीलाई नियुक्त गरेको अर्थमन्त्रालयले जनाएको छ । पुडासैनी यसअघि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पनि संचालक समितिका अध्यक्ष भैसकेका छन ।

पुडासैनी अध्यक्षमा निर्वाचित भएपछि भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिनेछन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १८:१०

https://srdb.com.np/