आइपीओ जारी गर्ने प्रस्तावसहित जगदम्बा स्टील्सले बाेलायाे वार्षिक साधारणसभा
१० फागुन, काठमाडाैं । जगदम्बा स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
सभामा बोनस सेयर प्रस्ताव र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले सभामार्फत बैंक ऋण अनुमोदन तथा स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, संस्थापक सेयरधनी समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने लगायत एजेण्डा पनि पेश गर्नेछ ।
प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ११:५७












