२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

हामीलाई विरूद्धमा प्रयोग गर्ने केपी ओली नै प्रचण्डसँग मिलेः दुर्गा प्रसाईं

९ फागुन, काठमाडौँ । नेकपा एमाले परित्याग गरेको घोषणा गरेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृिति र नागरिक बचाऔँ महाअभियानका संयोजक समेत रहेका चर्चित व्यवसायी दुर्गा प्रसाईंले आफूलाई प्रचण्डको विरूद्धमा प्रयोग गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले उनैसँग घाँटी जोडेको बताएका छन ।

एमालेले कारबाही गरेको सूचना पाएपछि आफूले पार्टी परित्याग गरेको घोषणा गरेका उनले मंगलबार आर्थिक मिडिया सञ्चालक संघ (इमान)सँगको छलफलमा उनले प्रचण्डसँगको कुनै लेनदेन र विवाद नभए पनि ओलीकै कारण उनको विरूद्धमा बोलेको बताए ।

उनले ओलीले अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्तुत गरेको भन्दै आफूले एमालेसहितको राजनीति छाड्नुको मुल कारण यही भएको बताए । प्रसाईले एमालेले आफूलाई ज्ञानेन्द्रलाई दियो बाल्ने अवसर दिएकोमा कारबाहीको कुरा गरेको भन्दै त्यही ज्ञानेन्द्र बोक्ने राजेन्द्र लिङदेनलाई भोट हाल्न उर्दी दिने ओलीलाई चाहिँ किन कारबाही नहुने भन्दै प्रश्न गरेँ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १४:००