११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयरमूल्य समायोजन भएकाे छ । नेप्सेमा स्वाबलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुपको सेयरमूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) कर्पोरेट डेभलपमेन्ट बैंक

नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ३१० रुपैयाँ ४८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३२६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

२) स्वाबलम्बन लघुवित्त

नेप्सेमा स्वाबलम्बन लघुवित्तको १५ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ९८२ रुपैयाँ ६१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १ हजार १३० रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

३) ङादी ग्रुप पावर

नेप्सेमा ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता २६३ रुपैयाँ ४८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यकाे आधारमा बुधाबारबाट यी तीन वटै कम्पनीको सेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १६:१७