१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

८ फागुन, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियाे । बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो।

बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो।

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बाँडफाँट गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लागनी कोषको लागि बाँडफाँड गरिएको छ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : February 20, 2023 at 1:18 pm