प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से
८ फागुन, काठमाडाैं । साताको पहिलो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७५ अंकले घटेर २०६९.६६ विन्दुमा पुगेकाे छ।
सोमबार प्रि ओपन सेसनमा ११ स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता सेयर किनबेच भएकाे छ ।
प्रकाशित मिति : February 20, 2023 at 11:00 am









