२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सर्वसाधारणका लागि दुई लघुवित्तले आईपीओ निष्काशन गर्दै, कुन कम्पनीको कहिले ?

काठमाडौं । फागुन महिनामा दुई लघुवित्त कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्तले फागुन महिनामा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेका हुन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेकाे हाे । कम्पनीले १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको छ। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेकाे छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

त्यसैगरी, बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेकाे हाे । कम्पनीले ८० हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हाे । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ०९:४१