६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

छुट्ला है ! बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

८ फागुन, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाकाे आईपीओमा आवेदन दिने आज (फागुन ८ गते साेमबार) अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले सर्वसाधारणहरूका लागि भने फागुन १८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्नेछ ।

प्रकाशित मिति : February 20, 2023 at 9:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/