११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

छुट्ला है ! ३ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

७ फागुन, काठमाडाैं । विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ८ गते सोमबार) अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हाे । यी कम्पनीहरूले लाभांश वितरण प्रयोजनका लागि फागुन १० गते बुकक्लोज गर्ने भएसँगै (फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हुनाले ) भोलिसम्म कायम सेयरधनीहरुले मात्रै यी कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

१) कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे साधारण सभा बाेलाएकाे छ । सभाले कम्पनीले आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

२) ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले फागुन २५ गते साधारणसभा बोलाएको छ । सभाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

३) स्वावलम्बन लघुवित्त वित्तीय संस्था

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले फागुन १९ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद (कर सहित) गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १२:५०