२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

७ सयले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

७ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : February 19, 2023 at 11:02 am