सेयर कारोबार बन्द, अब कहिले खुल्छ ?
७ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएकाे हाे । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो ।
अब भाेलि फागुन ८ गते साेमबार सेयर काराेबार खुल्ने छ ।
प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार ०९:२१












