८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

हिमालयले सिभिल बैंकलाई गाभेर फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने

५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न स्वीकृति दिएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी काराेबार गर्न स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले फागुन १२ गते शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९)’ बमोजिम कारोबार हुने जनाएको छ । हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८० को स्वाप रेसियो अर्थात् सिभिल बैंकको १ सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपात हुने भएको छ ।

प्राप्तिपश्चात हिमालयन बैंकको नामबाट फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने यी बैंकले सूचना प्रकाशित गरेर जानकारी गराइसकेका छन् ।

प्रकाशित मिति : February 17, 2023 at 3:03 pm