१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेप्सेमा एक कम्पनीकाे ११ लाख कित्ता सेयर सूचिकृत

५ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिक नेपाल लघुवित्तको सेयर सुचिकृत भएको छ । साबिकको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ९ लाख ६८ हजार २०० कित्ता गरि कुल ११ लाख ०६ हजार ३२५ कित्ता सेयर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा नेप्सेमा सुचिकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी फागुन ११ गतेको निर्णायनुसार यूनिक नेपाल लघुवित्त वित्तिय संस्थाको नामबाट धितोपत्र सूचिकरण गरी घोडाघोडी लघुवित्तको सूचिकरण खारेज गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेले पहिलो कारोबारका लागि  ‘युएनएलबी’ सिम्बोलबाट ओपनिङ रेञ्ज ३२९ रुपैंया ८३ पैसा देखि ९८९ रुपैंया ४९ पैसा तोकेको छ ।युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

प्रकाशित मिति : February 17, 2023 at 9:51 am