१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्दै मेन्छियाम हाइड्रोपावर, क-कसले दिन पाउछन् आवेदन

३ फागुन, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नाे जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ४८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला (साविक सिद्धकाली, सिद्धपोखरी रमावादीन गा.बि.स.) का बासिन्दाहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र (साविक सिद्धकाली, सिद्धपोखरी र माबाबीन गा.वि.स. बाहेक) संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा लगानिकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले भने फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा फागुन २५ गते साे अवधिमा ताेकिएकाे सेयर खरिदका लागि आवेदन नपरेमा ढिलोमा चैत ९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् । आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:50