१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

विजय लघुवित्तको सेयर कारोबार फुकुवा, बुधबारबाट कारोबारमा आउने

२ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको लाभांश सम्बन्धि पत्रढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार गत माघ २६ गतेदेखि रोक्का गरेको थियो।

नेप्सेले ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको हाे कारण खुलाई स्पष्टिकरण पेस गर्न कम्पनीलाई निर्देशन दिएको थियो। कम्पनीले अबदेखि यस्तो गल्ती नदोहोर्याउने जनाउँदै मानवीय त्रुटीका कारण अन्यथा हुन गएको भनी स्पष्टिकरण पेश गरेको हुँदा सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। अब कम्पनीको सेयर भोली (फागुन ३ गते) देखि कारोबारमा आउनेछ ।

प्रकाशित मिति : February 14, 2023 at 4:54 pm