१० असार २०८३, बुधबार | Thu Jun 25 2026

संघीयताको मारमा नुवाकोटका कर्मचारी, तीन महिनादेखि तलब खान पएनन्

१३ असोज, नुवाकोट । प्रदेश नम्बर ३ अन्तर्गतको नुवाकोट जिल्लाका कर्मचारीहरू संघीयताको मारमा परेका छन । देश संघीयतामा गएसँगै खारेजीमा परेका जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीले तीन महिनायता तलबभत्ता पाउन सकेका छैनन्। साविकका सरकारी कार्यालय कुन रूपमा राख्ने र कर्मचारीको समायोजन कसरी गर्ने भन्ने टुंगो अझै नलाग्दा तलब खान नपाएका हुन ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर राजीव रिमालले भने ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि कर्मचारीले तलबभत्ता नपाएको र चाडपर्व समेत नजिकँदै गएको अवस्थामा नुवाकोटका कर्मचारीमा अन्यौल देखा परेको छ। साउनदेखि नै तलबभत्ता पाएको छैन, कर्मचारीको बिजोक हुन लागिसक्यो ।’

सरकारी बजेट विनियोजन नभएकोले तलबभत्ता कहाँबाट खुवाउने अन्यौल भएको जिल्ला पशु कार्यालय नुवाकोटको कामु प्रमुख वकहर मण्डलले बताए। कामु मण्डलले कार्यलयका कर्मचारीले तलब नपाएको ३ महिना हुन लागेको जानकारी दिए। कार्यालय प्रदेश सरकार मातहत नै रहने निश्चित भएपनि तलब निकासा नभएकोमा कर्मचारीको काम गर्ने उत्साह कमजोर भएको उल्लेख गरे।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला वन कार्यलयका कर्मचारीले तलबभत्ता पाएका छैनन् नयाँ व्यवस्था अनुसार काम कारबाहीको प्रकृति फेरिएको शिक्षा विकास तथा समन्वय एकाईका कार्यलयको कर्मचारीले पनि तलबभत्ता पाएका छैनन्। प्रदेश सरकार मातहत रहने कार्यालयको तलब निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यलय नुवाकोटले जनाएको छ ।

प्रकाशित मिति : September 29, 2018 at 5:03 pm