७ असार २०८३, आइतबार | Sun Jun 21 2026

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबारको मिति तय

२ फागुन, काठमाडाैं । सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । दुवै बैंककोे पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ ।

फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

प्रकाशित मिति : February 14, 2023 at 10:04 am