२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमालेकै उम्मेदवार राष्ट्रपति हुन्छन, यसमा कोही भ्रममा पर्नु जरूरी छैनः उपप्रधानमन्त्री लिङदेन

२९ माघ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले एमालेकै उम्मेदवार राष्ट्रपति हुने प्रष्ट पारेका छन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिने क्रममा उपप्रधानमन्त्री लिङदेनले सत्ता साझेदारहरूको दलमा पूर्व सहमति भएको विषयमा कुनै विवाद नरहेको बताए । उनले विगतमा भएको सहमति भन्दा दायाँवायाँ केही नहुने पनि बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी छैन । यसअघि भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति भएका कारण बाहिर चलेका हल्लाहरू भ्रमपूर्ण छन ।’ आइतबारको बैठकमा सरकारका कामको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने विषयमा गम्भीर ढंगले छलभएको बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १२:०८