५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

घुस माग्ने बिमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित, कारबाहीका लागि अख्तियारको जिम्मा

२७ माघ, काठमाडौं । त्रिभुवन बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । ठाकुरले थाइ स्माइल एयरलाइन्ससँग घुस मागे विषय बाहिर आएपछि सरकारले उनलाई निलम्बन गरेकाे हाे ।

थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार उक्त बिषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : February 10, 2023 at 1:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/