१ असार २०८३, सोमबार | Mon Jun 15 2026

ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू, उपेन्द्र र रञ्जिता अनुपस्थित

२७ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठकमा एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी रहेका छन ।

आजको बैठकमा प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिर अनुसार जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ अनुपस्थित रहेका छन ।

यसअघि बिहीबार नै बस्ने भनिएको बैठक एमाले र माओवादीको तयारी नपुगेपछि अन्तिम अवस्थामा स्थगित भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको संयन्त्रको बैठक बुधबार ओली र प्रधानमन्त्री प्रचण्डको बीचमा सहमति भएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर उक्त बैठक बस्न नसकेकेको बैठक अहिले केहीबेरअघिबाट बालुवाटारमा सुरू भएको छ ।

प्रकाशित मिति : February 10, 2023 at 10:03 am