२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता नदिन दायर रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

२५ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले बुधबार संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो । यस्तै सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न समेत सर्वोच्चलेआदेश दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा फैसला गर्दै सर्वोच्चले कारण देखाऊ आदेश र जवाफ पेश गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १७:५९