३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

तपाईंकाे खातामा आयाे त ११.५ प्रतिशत नगद लाभांश ? नआए यसाे गर्नुहाेस्

२५ माघ, काठमाडाैं । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीको पुस २९ गते सम्पन्न भएको ३८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १८.५ प्रतिशत बोनश सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको साेही ११.५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा पुस २९ गतेदेखि नै लाभांश रकम जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०९:५६