१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

२५ माघ, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.११ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ करोड ७५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुल आम्दानी २ करोड ५१ लाख रुपैयाँमा सीमित थियो। चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ १८ करोड २९ ण्लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङ १ करोड ७३ लाख रुपैयाँले ऋणात्मक थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ९३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५२३.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको छ।

प्रकाशित मिति : February 8, 2023 at 9:41 am