१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

पाँचथर पावरको नाफा ३४.२२ प्रतिशतले घट्याे, विद्युत बिक्री आम्दानी कति ?

२५ माघ, काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

 दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३४.२२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

साे अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ९.७७ प्रतिशतले घटेर २३ करोड ७७ लाख रुपैयाँ पुगेको छ।  गत वर्षकाे यही अवधिमा कम्पनी विद्युत बिक्रीबाट २६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियाे ।

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४२.८७ प्रतिशतले बढेर १४ करोड ६७ लाख रुपैयाँमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १० लाख २७ हजार रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११५.२५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : February 8, 2023 at 9:27 am