१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मर्निङवाकमा निस्किएका बालक स्वयम्भूबाट बेपत्ता

१२ असाेज,काठमाडाैँ । विजेश्वरी आवासीय सैनिक स्कुलमा कक्षा ७ मा पढ्ने १४ वर्षीय बालक स्वयम्भूबाट बेपत्ता भएका छन् । मर्निङ वाक गर्न निस्किएका देवराज लामा बेपत्ता भएको महानगरीय प्रहरी वृत स्वयम्भूका डिएसपी सुधिरराज शाहीले जानकारी दिए।

उनी बिहीबार बिहान साढे ५ बजेदेखि सम्पर्कमा छैनन्। काठमाडौं महानगरपालिका–१० डल्लु घर भएका उनी विगत ६ महिनादेखि मर्निङ वाकमा निस्किने गरेका पारिवारिक स्रोतले बताएकाे छ । सधैं एक्लै मर्निङ वाकमा जाने उनी बिहीबार भने घर नर्फकिएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै स्वयम्भू वृतमा उजुरी दिएका छन्।

उनको खोजी भइरहे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले आफन्त कसैको घरमा गएको हुनसक्ने भन्दै खोजतलास गरेपनि बालक अहिलेसम्म फेला पर्न सकेका छैनन्।

प्रकाशित मिति : September 28, 2018 at 8:51 pm