१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा उछाल आउँदा यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

२४ माघ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । पछिल्लाे केही दिन यता  घटबढको उतारचढाव देखिएको बजारमा मंगलबार भने उत्साहाजनक सुधार देखिएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७६.६४ अंकले बढेर २१७७.३४ अंकको बिन्दुमा बन्द भएकाे हाे ।  आज सेयर बजार बढ्दा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैंया बराबरको कारोबार भएको छ । यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १५:११