१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

साहस ऊर्जाको नाफा ३७.२६ प्रतिशतले घट्यो

२४ माघ, काठमाडाैं ।  साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले समीक्षा अवधिमा २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा गत वर्ष तुलनामा ३७.२६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको कुल आम्दानी पनि ३७.०७ प्रतिशतले घटेर २१ करोड ७७ लाख रुपैयाँमा सीमित भएकाे छ। गत वर्ष यही अवधिमा कम्पनीकाे कुल आम्दानी ३४ करोड ५९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३२.४८ प्रतिशतले २ अर्ब ३१ करोड रुपैयाँ रहेकाे छ। कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस १२.३४ रुपैयाँ, पीई रेसियो ४६.०२ गुणा, प्रतिसेयर नेटवर्थ १६४.१८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : February 7, 2023 at 11:05 am