७ असार २०८३, आइतबार | Sun Jun 21 2026

छुट्ला है ! २ लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

२४ माघ, काठमाडाैं । विभिन्न २ कम्पनीकाे लिलामीमा सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । आशा लघुवित्त र स्वावलम्बन लघुवित्तको लिलामीमा राखिएको सेयरमा आवेदन दिने आज माघ २४ गते अन्तिम दिन हाे ।

यी दुवै लघुवित्तले गत माघ १० गतेबाट संस्थापक समूहको सेयर लिलामीमा राखेका थिए। यी दुवै सेयरमा आज बैंकिङ समयसम्म मात्रै खरिद आवेदन दिन सकिनेछ।

आशा लघुवित्तले १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। उक्त सेयरको न्यूनतम मूल्य ३ सय ७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ७० रुपैयाँलाई आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  ।

संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

यसैगरी, नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ।लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बोलपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : February 7, 2023 at 10:47 am