१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सुपरमाई हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?

२४ माघ, काठमाडाैं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)  निष्काशन गरेको छ । उक्त कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ बजेसम्ममा २ लाख ८७ हजार ८५९ जना आवेदनबाट ३२ करोड ५८ लाख ४६ हजार रुपैयाँ बराबरको ३२ लाख ५८ हजार ४६० कित्ता सेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुछ्याएकाे कित्ताको ७.८१ गुणा बढी हुन हाे ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १०:००