सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन नेप्सेको आग्रह
२३ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो का लागि संलग्न बमोजिमको ढाँचामा फारम भरी फागुन १० गतेसम्ममा कार्यालय समय भित्र प्राप्त हुने गरि वा [email protected] मा इमेल मार्फत उपलब्ध गराउन अनुराेध गरेकाे हाे ।


प्रकाशित मिति : February 6, 2023 at 2:15 pm









