१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

प्रेस चाैतारीको स्थापना दिवसमा गोपालको गर्जनः पत्रकारिताको नाममा दलाली बन्द गर

२२ माघ, काठमाडौँ । अग्रज पत्रकार एवं प्रेस चौतारी नेपालका संस्थापक गोपाल थपलियाले पत्रकारिताको नाममा दालली बन्द गर्न आग्रह गरेका छन । प्रेस चौतारीको रजत जयन्तीको अवसरमा काठमाडौँमा आइतबार काठमाडौँमा भएको समारोहमा प्रेस स्वतन्त्रता सेनानी समेत रहेका थपलियाले आफूहरूले पञ्चायतकालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि आन्दोलन गरेको स्मरण गरे । उनले अहिले पत्रकारिताका नाममा असत्य, झुट र दलालीको खेती मौलाएको भन्दै रोष प्रकट गरे ।

थपलियाले भने, ‘आन्दोलनमा लड्दाखेरी मेरो पाता खुस्कियो, ७ वर्ष उपचारमै बिताएँ, आज पहिलो पटक यस्तो सार्वजनिक कार्यक्रममा उपस्थित भएको छु । हामीहरूले सत्य लेख्न पाउनुपर्छ भनेर गरेको त्यो आन्दोलनको सम्मानका लागि पनि तपाईहरूले असत्य र झुटको पछि लाग्ने र नेताको चाकरीका नाममा सत्यमाथि प्रहार नगर्नुहोला ।’

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १८:४७