४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

२२ माघ, काठमाडाैं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यहीँ फेब्रुवरी ३ बाट सुरु भई २०२३ फेब्रुवरी भरी सञ्चालनमा रहनेछ ।

यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १६:१४