१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

फोन पे एपमार्फत अब बिना इन्टरनेट अफलाइनमा पनि भुक्तानी गर्न सकिने

२२ माघ, काठमाडाैं ।  फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ। सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता थियो।

प्रमुख अतिथि डेपुटी गभर्नर ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरिन्। ‘यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु’, उनले भनिन्, ‘क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको आफलाइन फिचर कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गर्दछु।’

फोन पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ। तसर्थ, यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्याससलेस अर्थतन्ध बनाउने अभियानलाई पनि साकार पार्न मद्दत गर्छ। ‘फोन पेको आफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तीय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ’, फोन पेका सीईओ दिवश सापकोटाले भने।

फोन पेले सार्वजनिक गरेका नविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ। फोन पेले विगत ३ वर्षदेखि डिजिकटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ। फोन पेमा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरु जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्।

प्रकाशित मिति : February 5, 2023 at 12:15 pm