१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

४ लाख ३५ हजार नेपाली नक्कली नोट सहित २ जना पक्राउ

२२ माघ, काठमाडाैं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नक्कली रुपैयाँसहित २ जनालाई पक्राउ गरेकाे छ । उनीहरूलाई ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार सांझ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायि घर भएका वर्ष ३० का माेहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षिय माेहम्मद राज शेख रहेका छन् ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनिहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएकाे छ । आवश्यक कारबाहीको लागि उनिहरुलाइ ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १२:०७