१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कुमारी बैंकको १ लाख ११ हजार कित्ता सेयर बिक्रिमा, क-कसले दिन पाउछन् निवेदन ?

२२ माघ, काठमाडाैं । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंकको संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै संस्थापक सेयरधनीहरुलाई नै पहिलाे प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको सेयर रजिष्टार कुमारी क्यापिटल नागपोखरी वा बैंकको केन्द्रिय कार्यलयमा निवेदन दिन आग्रह गरेको छ ।

ताेकिएकाे समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक सेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने  बैंकले जनाएको छ ।

प्रकाशित मिति : February 5, 2023 at 11:20 am