नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढ्यो
२२ माघ, काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३७ प्रतिशतले बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क १.५९ प्रतिशतले बढेर १८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १८ अर्ब ११ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ४८ करोड ४ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १ अर्ब ५० अर्ब ८५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र कम्पनीको नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ ।
प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:१९