परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट
२१ माघ, काठमाडाैँ । परराष्ट्रमन्त्री ड. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छिन । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री पौड्यालले गएराती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरेको मन्त्री पौड्यालको प्रेस संयोजक यशोदा अधिकारीले जानकारी दिइन ।
भेटमा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन ।
मन्त्री पौड्याल श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा हिजै सहभागी भएकी थिइन । परराष्ट्रमन्त्री पौड्याल आज विहानै सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी भइन । उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 12:32









