४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

डिजिटल वालेट क्षेत्रमा पहिलो पटक खल्तीले ल्यायो मेम्बरसिप योजना

२० माघ, काठमाडाैं । खल्तीले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिपअन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्सन प्लान सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताले विशेष अफरहरुको मजा लिन खल्ती प्रो वा खल्ती क्लबमध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।

खल्ती क्लब एउटा सब्क्रिप्सन प्लान हो। जहाँ प्रयोगकर्ताले मात्र रु. ३९९ (भ्याटसहित) को मेम्बरसिपमा चलचित्र र इभेन्टको टिकटमा रु. १ हजारसम्म क्यासब्याक साथै अन्य अफरहरु प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी ‘खल्ती प्रो’ अर्को सब्सक्रिप्सन प्लान हो। जहाँ खल्ती प्रयोगकर्ताले मात्र रु. ५९९ (भ्याटसहित) को मेम्बरसिपमा थप विशेष र अतिरिक्त फाइदा लिन सक्नेछन्। खल्ती प्रयोगकर्ताहरुले यी दुईमध्ये कुनै एक योजनाको मेम्बरसिप लिन सक्नेछन्। यो सब्क्रिप्शन प्लान १ वर्षलाई लागू हुनेछ। तर, खल्ती प्रो को मेम्बरसिप सब्सक्रिप्सन छनौट गर्नेहरुले खल्ती क्लबभन्दा बढी विशेष अफरहरु प्राप्त गर्नेछन्।

एक वर्षमा ‘खल्ती मेम्बरसिप’ सदस्यले पनि सामान्य खल्ती प्रयोगकर्ताभन्दा दोब्बर खल्ती पोइन्ट्हरु र ब्लुबुक नवीकरण सेवामा रु. १०० को छुट पनि पाउनेछन्। चलचित्र र इभेन्ट प्रेमी प्रयोगकर्ताहरुलाई आकर्षित पार्दै थप अफर उपलब्ध गराउने विचारका साथ खल्ती क्लब सुरु गरिएको हो।

त्यसैगरी ‘खल्ती प्रो’ प्रयोगकर्ताले धेरै विशेष सुविधाहरु प्रदान गर्नेछन्। जस्तै– सेल्फ–मोबाइल टपअपमा २% क्यासब्याक, आफ्नो बैंक खातामा निःशुल्क पैसा पठाउने, चलचित्र र इभेन्टको टिकटमा रु. १ हजारसम्मको क्यासब्याक, भुक्तानीमा डबल खल्ती पोइन्टहरु, अन्य बैंकहरुमा निःशुल्क पैसा पठाउन मिल्ने (महिनामा ५ पटक) र अन्य धेरै विशेष छुट र अफरहरु रहेको छ। खल्ती प्रो प्रयोगकर्ताले अब सामान्य खल्ती प्रयोगकर्ताहरुले जस्तै अफरको प्रतीक्षा नगरी अत्यधिक फाइदा लिन सक्नेछन्।

यो सदस्यताबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती मेम्बरसिप सुरु गर्नु भनेको हाम्रा प्रयोगकर्तालाई थप विशेष र प्रिमियम सेवाहरु उपलब्ध गराउनलाई हो। खल्तीको छैटौँ वार्षिकोत्सव मनाउँदै हामीलाई सधैँ माया र प्रशंसा गर्ने प्रयोगकर्ताहरुका लागि यसमार्फत थप विशेष फाइदाहरु ल्याउने प्रयाश गरेका छौँ।’

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ११:५८