१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कहिलेसम्म कायम सेयरधनीहरुले पाउछन् ज्योति विकास बैंककाे लाभांश ?

२० माघ, काठमाडाैं । ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । बैंक सञ्चालक समितिको माघ १९ गते बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडाैंकाे भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ३ प्रतिशत बोनश सेयर र ३.८० नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : February 3, 2023 at 10:01 am