७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

१९ माघ, काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेका उनलाइ नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार गर्ने निर्णय गरेको थियो । फुकुवा भएसँगै उनी राष्ट्रिय क्रिकेट टिममा समावेश भएका हुन् ।

राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको हो । छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १७:५७