१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

 १४ वर्षीया बालिकालाई बलात्कार गर्ने डडेल्धुराका वीरबहादुर बोहरा पक्राउ

१२ असाेज, डडेल्धुरा । १४ वर्षीया बालिकालाई बलात्कार गर्ने १ एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती मोटरसाइकलमा राखेर जंगलमा लगी बलात्कार गर्ने अर्का १ जना फरार छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका–५ का २८ वर्षीय वीरबहादुर बोहरा र पर्शुराम–१० कै २४ वर्षीय शिवशंकर जोशीले असोज ९ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। उनीहरुले पर्शुरामधामको अनन्ते मेलाबाट घर फर्कने क्रममा ती बालिकालाई मोटरसाइकलमा राखेर नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए।

पीडित बालिकाका परिवारले बिहीबार इलाका प्रहरी कार्यालयमा जोगबुडामा निवेदन दिएका थिए। सोही आधारमा प्रहरीले आरोपीमध्ये बोहरालाई पक्राउ गरेको हो। जोशी अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 13:05