सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
१९ माघ, काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २६ औं वार्षिक साधारण सभा फागुण ११ गते बिहीबार, बिहान १० बजे, लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२.४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ । साथै, सभाले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने र मर्जर सम्बन्धी बाँकी कार्यहरु पुरा गरी लुम्बिनी जनरललाई सगरमाथा इन्स्योरेन्समा गाभ्न अन्तिम स्वीकृत प्रदान गर्नेछ ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ माघ २७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ माघ २६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनुका साथै साधारण सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १३:३२